एफ एन जे युरोप र एन पि आई को संयुक्त पहलमा अनलाईन पत्रकारिता तालिम उद्द्घाटन सम्पन्न

नयाँ कुरा ,आमस्ट्रडम,सोमबार,

नेपाल पत्रकार महासंघ युरोप(एफ एन जे ) र नेपाल प्रेस इन्स्टिचयुट (एन पि आई )को संयुक्त पहलमा अनलाईन पत्रकारिता तालिम उद्द्घाटन सत्रमा  युरोपियन देशहरुमा बिभिन्न पेशा ब्यवसाय तथा अध्ययनरत लेखन कलामा अभिरुची राख्ने ,नेपाली अनलाईन पत्रीका संचालक नेपाली मुलका ३० भन्दा बढी नेपाली प्रशिक्षार्थीहरुको  सहभागीता रहेको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ युरोपकी अध्यक्ष सरस्वती कार्की को अध्य्क्षयतामा सम्पन्न भयो ।

कार्यक्रममा बक्ताहरु बिपुल पोखरेल ,नारायण आचार्य ,कपिल काफ्ले लक्षमण उप्रेती ले आफ्ना शुभकामना मन्तब्य राखेका थिए ।

कार्यकममा प्रमुख अतिथी प्रत्रकार माहासंघ नेपालका अध्यक्ष बिपुल पोखरेलको उपस्थिती थियो ।पोखरेलले प्रवासमा रहेर पनि नेपालको कला सस्क्रिती बिकास र पर्यटन पत्रकारिता मार्फत नेपाली पहिचानलाई बिस्वमा चिनाउन मद्द्त गर्ने विश्वाश ब्यक्त गर्नु भयो भने युरोपमा नेपाली पत्रकारिता सस्थाका समस्या सँग आफु अबगत भयको र यस्को समाधान छिट्टै समाधानका लागि पहल गर्ने बताउने भयो ।

एन आर एन ए युरोप सम्योजक नारायण आचार्यले पत्रकारहरुले सस्थाले लिएका सामाजिक योजना तथा सस्थामा कहिले काही हुने बिक्रिती प्रती निस्पक्षय कलम चलाऊने पत्रकारहरुको रिपोटिङको प्रसम्शा गर्दै आफु संघले गर्ने आर्थिक तथा सामाजिक सहयोगका लागि थप पहल गर्ने प्रतिबधता जनाउनु भयो ।

No description available.

प्रशिक्षक लक्षमण उप्रेती र कपिल काफ्ले ले पत्रकारिता र तालिम बिषय बस्तुको बारेमा आफना अनुभब राख्नु भएको थियो । एन एफ आई ले लामो समय देखी बिभिन्न पेशा ब्यवसाय संघ सस्था संचार जगत तथा सरकारी कर्मचारीहरुलाई तालिम दिदै आईरहेको छ् ।

कार्यक्रममा दर्पण गौतमले स्वागत मन्तब्य राखेका थिय भने नेपाल पत्रकार माहासंघ युरोपकी महासचिब अनुराधा पौडयाल सन्चालन गर्नु भयको थियो । प्राबिधिकमा नेपाल पत्रकार महासंघ बेल्जियम शाखाका अध्यक्ष ओमा शर्माले सहयोग गर्नु भएको थियो ।

आज सोमबार १० मै २०२१ देखी सुरुभई ९ जुन २०२१ सम्म युरोपियन समय बिहान ८:१५ बाट २ घण्टा हप्ताको ५ दिन सन्चालन हुने छ ।

Please follow and like us: