साईप्रसमा रहेका नेपालीको समस्या चाडै समाधान हुने श्रम मन्त्रि चौधरीको अश्वासन

साईप्रस , युरोपियन देश साईप्रसमा रहेका नेपालीहरुको समास्या छिट्टै समाधान गरिने श्रम ,रोजगार तथा समाजिक मन्त्रि गौरीशंकर चौधरीले अश्वासन दिनुभएको छ ।

प्रवासी नेपाली मन्च ओली पक्षले आयोजना गरेको १३२ औ अन्तरराष्टिय श्रमिक दिवसको अवसरमा भर्चुवल शुभकामना अदान प्रदान कार्यक्रममा मन्त्रि चौधरीले साइप्रसमा रहनु भएका श्रमिक दिदि बैनीहरुको समस्याहरु चाडो चाडो भन्दा चाडो समाधान हुने कुरा प्रष्ट पार्नु भएको थियो ।

मन्त्रि चौधरीले नेपाल सरकारले साइप्रस सरकारसँग कसरी समन्वय गरेर अगाडी बढ्न सकिन्छ भन्ने बारे, हामी मन्त्रालयको समितिसँग छलफल गरेर साइप्रस भ्रमण समेत गर्ने बताउनु भयो । साईप्रसमा रहेका नेपालीहरुको अप्ठयारा समस्या , कठिनाईहरु , स्वदेशबाटै आउदा विभिन्न बहानामा ठगिएको , काम गर्दाको समस्याहरुलाई हल गर्नका लागि आफुले परराष्ट मन्त्रालय , राजदुत , सम्बन्धित देशहरुसगं छलफल गरेर सकभर जिटुजी मार्फत लागु गर्न तयार रहेको मन्त्रि चौधरीले प्रतिबद्धता समेत जनाउनु भयो ।

साईप्रसका बारेमा नेपालको मन्त्रालयमा रहेको विभागहरुसगं समस्या समाधानका लागि कहासम्म छलफलहरु पुग्यो ? के भैरहेको छ आदीको विषयमा बुझेर कार्यवन्यन गर्दै आफु अगाडी बढने बताउनु भयो । साथै मन्त्रि चौधरलिे विदेशमा रहेका श्रमिकहरुलाई स्वदेश फर्के पछि कसरी रोजगारी प्रदान गर्न सकिन्छ भन्ने बारेमा सरकारको पहिलो प्राथमिकता रहेको भन्दै बाध्यताले गर्दा विदेश गैरहनुभएका नेपाली युवाहरुका लागि जिटुजी मार्फतपठाउन मन्त्रालय प्रक्रिया अगाडी बढाएको बताउनु भयो ।

प्रवासी नेपाली मन्च साईप्रसका ओली पक्षका अध्यक्ष लोकराज रोकामगरको अध्यक्षतामा भएको कार्यक्रममा साईप्रसका लागि नेपाली राजदुत डा. अन्जान शाक्यले साईप्रसमा रहेका नेपालीहरुको दुखमा आफु सदैव साथमा रहेको बताउदै केही महिना भित्रै नेपाल सरकारको तर्फबाट उच्च स्तरीय भेटबार्ता गराएर समास्या समाधान गर्न आफु लागि परेको बताउनु भयो । राजदुत शाक्यले आफु साईप्रस आउदा साईप्रसको सरकारको मन्त्री , सरकारका प्रतिनिधिहरुसगं भेटका क्रममा जिटुजी कार्यक्रमको बारेमा छलफल गरेको , नेपालीहरुमा भाषाको समस्याहरु समेत भएकोले नेपाली श्रमिकहरुमा समस्या बढि देखा परेको भनाई थियो ।

साईप्रसमा रहेको होनरी कन्सुलेट साईप्रस , गैरआवासीय नेपाली सघं साईप्रस लगाएतले अत्यन्त सरहनिय कार्य गरेको प्रति विशेष धन्यबाद दिदै साईप्रसको नया कानुनहरुको बिषयमा कन्सुलेट मार्फत आफुहरु छिट्टै अवगत हुदै समस्या समाधान गर्न सदैव तयार रहेको राजदुत डा. शाक्यले प्रतिबद्धता जनाउनु भयो । प्रवासी नेपाली मन्च साईप्रसका सचिव श्यामलाल नेपालीको संचालनमा भएको कार्यक्रममा गैरआवासीय नेपाली सघं साईप्रसका महासचिव कृपा थापाले साईप्रसमा नेपालीहरुको समस्याका बारेमा मन्त्रि चौधरी र डा.शाक्यलाई अवगत गराउनु भएको थियो । साथै एनआरएनएले पटक पटक साईप्रसका नेपालीहरुको समस्याका बारेमा नेपाल सरकारलाई बारम्बार अवगत गराएपनि समस्याको सामाधान नभएकोमा दुख समेत ब्यक्त गर्नु भएको थियो ।

No description available.

कार्यक्रममा होनरी कन्सुलेट अफ साईप्रसका प्रमुख डा. रामजिवन पन्जियार , प्रवासी नेपाली मन्चका अध्यक्ष भक्त गुरुगं ,बेलायतबाट बालकृष्ण भुषाल , जनसम्पर्क समिति साईप्रसकी सभापति सिता अर्याल , मिना चुडाल , शुसिला उप्रेति , तमागं घेदुगं साईप्रसकी अध्यक्ष लक्ष्मी ब्लोन, सुरेन्द्र थापा , सृजना नेपाली , नेपाल पत्रकार महासघं युरोप शाखा कार्यसमिति सदस्य एवमं साईप्रस नेपाल डटकमका सम्पादक दिनेश गौतम , गुना राई , सरस्वती तिमिल्सीना , एनआरएनए साईप्रसका युवा संयोजक कुन्दन कार्की लगाएतहरुको उपस्थिति रहेको थियो ।

साईप्रसमा रहेका नेपालीहरुको समस्याका बारेमा समाजसेबी एवंम कम्युनिष्ट बिचारधाराका धतानन्द पाण्डेले मन्त्रि चौधरीलाई ल्याउनका लागि विशेष पहल गर्नुभएको थियो ।

Please follow and like us: