‘नेपाली गीत–संगीतप्रति सद्भाव र अपनत्व बृद्धि गर्न ग्लोबल एनआरएन सिंगिङ आइडल’

अष्ट्रेलिया – गैरआवसीय नेपाली संघ (एनआरएनए) का अष्ट्रेलिया अध्यक्ष केशव कँडेलले ग्लाबेल एनआरएन सिंगिङ आइडल सफलतापूर्वक सम्पन्न हुने धारणा व्यक्त गरेका छन्।

कँडेलले प्रवासी नेपालीहरूमा नेपाली गीत–संगीतप्रतिको सद्भाव बढाउनका लागि यस सिंगिङ आइडलले महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन्। गैरआवासीय नेपाली संघ एनआरएनए मध्यपूर्व युवा विभागले आयोजना गरेको ग्लोबल एनआरएन सिंगिङ आइडलका सन्दर्भमा आयोजित छलफललाई सम्बोधन गर्दै कँडेलले यो पहिलो संस्करण भएको र यसलाई आगामी वर्षमा अझै परिमार्जित र परिष्कृत गरिँदै लगिने स्पष्ट पारेका छन्।

‘यो पहिलो संस्करण हो, हामीले यसलाई प्राथमिकतामा राखेर सर–सहयोग गरिरहेका छौं,’ कँडेलले भने, ‘धेरैभन्दा धेरैलाई यसमा सहभागी गराउन हामीले व्यापक प्रचारप्रसार गरिरहेका छौं, आशा छ अष्ट्रेलियाबाट पनि धेरैको सहभागिता रहने छ।’ अध्यक्ष कँडेलले शुरु–शुरुमा प्रतियोगितामा सहभागी हुने प्रक्रियाबारे केही द्विविधा भएको र अहिले त्यसको पनि समाधान भइसकेको बताएका छन्। ‘शुरु–शुरुमा यसको प्रक्रियाबारे केही द्विविधाहरू देखिए, तर अहिले विभिन्न भिडियोहरू र थप जानकारीमूलक सामग्रीका कारण त्यो कन्फ्यूजन सकिएको छ, यससँगै प्रवासी नेपालीहरूमा उत्साह बढेको छ,’ अध्यक्ष कँडेलले भने।

पहिलो संस्करण सफल भएपछि त्यसबाट धेरै कुरा सिकेर अन्य संस्करणमा त्रुटीहरू सच्याउँदै अघि बढ्ने पनि कँडेलले बताएका छन्। ‘प्रतियोगिता भव्यरुपमा सफल हुने निश्चित छ, आयोजकलाई पहिले नै बधाई दिन चाहन्छु, हामीले जे सहयोग गर्नुपर्ने हो गरिरहेका छौं, र आवश्यक परेमा गरिरहने छौं, आशा छ, प्रतियोगितामा प्रवासी नेपालीहरूको उत्साहजनक सहभागिता हुनेछ,’ कँडेलले भने।

Please follow and like us: