नयाँ कुरा,आईतबार ,१७ नोबेमबर ,आमस्ट्रडम,
नेपाली ब्यबसायी संघ नेदरल्याण्डको ११ नोवेम्बर २०२४ मा बसेको प्रथम नियमित बैठकले कार्य समितीलाई पुर्णता दिएको छ ।
संघले संरक्षक परिषद र सल्लाहकार समितीलाई पूर्णता दिएको हो ।
संघको प्रमुख संरक्षकमा संघका संस्थापक शशिकान्त पौड्याल र सदस्यमा निर्वतमान अध्यक्ष अमिर देवकोटा र पदम (रामचन्द्र) क्षत्री मनोनयन गरेको छ ।
संघले २०२४-२७कार्यकालको सल्लाहकार समितीमा नारायण आचार्य, थानेश्वर कंडेल, धनकुमार बोहरा, फणिन्द्र पन्त, बेदराम कंडेल, श्रीधर पाण्डे, आइमन समाल र हिरण्य (हिमाल) ओझा मनोनित गरेको हो ।
संघर्षशिल के.सी. को अध्यक्षतामा बसेको प्रथम बैठकले तेस्रो महाधिवेशनको समिक्षा गर्दै महाधिवेशनको कार्यक्रम प्राविधिक र व्यवस्थापकिय रुपमा पूर्ण सफल भएको दाबी गरेको छ ।
कार्यसमिती सर्वसम्मत गराउनमा योगदान पुर्याउनुहुने सम्पूर्णलाई सिङ्गो कार्यसमितीको तर्फबाट धन्यवाद साथै आभार पनि ब्यक्त गरेको छ ।
नेपाली ब्यबसायीहरुलाई संगठित गराउनका लागि बेनेलक्सका लागि महामहिम राजदुत श्री गहेन्द्र राजभण्डारी र व्यबसायी संघ युरोपका संयोजक यमु निरौला लगायत प्रतिनिधिहरुलाई तथा निवर्तमान कार्यसमितीलाई बिशेष धन्यवाद दिँदै नवनिर्वाचित कार्यसमितिले समस्त नेपाली भाषी व्यवसायीहरुको अपनत्व हुनेगरि आगामि कार्यकालको नेतृत्व गरेर लैजाने प्रण एवम प्रतिबद्धता जाहेर गरेको छ ।
नेदरल्याण्डमा स्थापित नेपाली डायस्पोराका व्यवसायीहरुको हक र हितमा हातेमालो गर्ने लक्ष्य सहित संघको स्थापना २०१८ मा गरिएको हो ।
बिभिन्न पेशा र व्यवसाय गरेर बसेका नेपाली व्यवसायीहरूलाई एकै छाता मुनि गोलबन्द गर्दै व्यवसायिक विस्तार तथा क्षमता अभिबृद्धी, लगानी बिस्तार, सुरक्षा साथै नेपाल तथा नेदरल्याण्ड बिच दैत्य सम्बन्धलाई प्रगाढ पार्ने पनि यसको उधेश्य रहेको बताईएको छ ।
संघलाई एकता र संगठित बनाउन निर्वाचनका बेला देखिएका असन्तुस्ट समुहलाई समबाद मार्फत संघको हितकालागी संघ सधैं छलफलमार्फत आगामी योजनाहरु कार्यन्वन गर्न नब निर्वाचित अध्यक्ष संघर्शशिल के सि ले बताउनु भएको छ ।