नेपाली ब्यवसाय संघ नेदरल्याण्डसको तेस्रो महाधिबेशन सोमबार आमसट्रडममा समपन्न

नयाँ कुरा ,२१ अकटुबर सोमबार ,आमस्ट्रडम

नेपाली ब्यवसाय संघ नेदरल्याण्डसको तेस्रो महाधिबेशन सोमबार आमसट्रडममा समपन्न ।

महाधिबेशन बेनेलुक्सका लागि नेपाली राजदुत गहेन्द्र राजभण्डारीको प्रमुख अतिथिमा नेदरल्याण्डसमा रहेका बिभिन्न संघ सस्था तथा नेपाली दाजुभाई दिदिबहिनीहरुको बाक्लो उपस्तिथिमा भब्य रुपमा समपन्न भएको छ ।

महाधिबेशनका बक्ताहरुले प्रवासमा ब्यवसाय गर्न आर्थिक ,सामाजिक तथा समरचनात्मक निर्माण गर्न निकै नै चुनौती रहेकाले एक भएर नेपाल र नेपालीको हक हितमा काम गर्नु अबसर तथा चुनौती रहेको बताउनु भएको थियो ।

कार्यक्रममा नेदरल्याण्डस ,बेल्जियमा तथा नेपाली  ब्यबसायीहरुको युरोपबाट बाक्लो उपस्थिती रहेको थियो ।

एकता नै आजको आवबस्यकता बाट सुरुवात गर्नु पर्ने बक्ताहरुको भनाई थियो ।

निर्वाचन समितिले समग्रहमा ५० जना संगठित ब्यवसायिहरुबाट संघर्षशिल के शिको नेत्रित्वमा ब्यापक छलफल गरी सर्बसहमतको कार्यसमिती घोषणा गरेको छ ।

-अध्यक्ष -संघर्षशिल केसी
-उपाध्यक्ष -धर्म कार्की
-उपाध्यक्ष – सुर्य राज गिरी
-महासचिब – साबित्री पौडेल
-कोषाध्यक्ष -राम बहादुर पौडेल
-सदस्य -धुर्ब न्यौपाने
-सदस्य – प्रदिप राज न्यौपाने
-सदस्य -बिनय बानिया

कार्यक्रम संघका अध्यक्ष अमिर देबकोटाको अध्यक्षतामा साबु पौडेयालले सन्चालन गर्नु भएको थियो ।

सस्थाको प्रगती प्रतिबेदन तथा आर्थिक प्रगतिबेदन, समसोधित बिधान प्रस्तुत गरिएको थियो ।

नब-निर्वाचित अध्यक्ष संघर्षशिल के सिले समाजमा एक भएर नेपाली र नेपालका लागि केही काम गरौ भन्दा आफुप्रती समाजका अग्रजहरुले निर्वाचन हुन नदिने खेलेको खेल प्रती भाबुक हुँदै खेद ब्यक्त गर्नु भएको थियो ।

समाजको समग्रहित चाहने ब्यबसायीहरुले ब्यापक छलफल गरेर नै कार्यसमिती सर्बसहमत हुन सफलहुँदा हुँदै केही ब्यक्ती समुहले समाजलाई भ्रमपूर्ण सन्देश प्रबाह गर्न खोजनुले सस्थाको मर्म बिपरित , यस्ता अनुचित खेल नखेलन र नखेलाउन सत्य तथ्य बुझेर मात्र सस्थाको काम गर्न गराउन लाग्नु पर्ने अहिलेको अवस्था रहेको जानकारी गराउनु भयो ।

के सि ले आगामी दिनहरुमा सबै ब्यबसायिहरुको सल्लाह सुझाब लिदै सकेसम्म आफुले राम्रो काम गर्ने तर सस्थाको कुनै आर्थिक तथा नैतीक दुरुपयोग नगर्ने बचन प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

ब्यवसाय संघमा आबद्ध नहुनु भएका नेपाली ब्यबसयिहरुलाई पनि सस्थाको सदस्य भई सहयोग गर्नुहुन अनुरोध गर्नु भएको छ ।

के सिले पुरानो समिती बाट बुझबुझारत गरे लगत्तै आगामी सस्थाका योजना सार्बजतिक गर्ने बताउनु भएको छ ।

Please follow and like us: