नेदरल्याण्डसको गोइस मिरेन नगरपालिकाद्वारा आयोजित स्टार्ट-अप उद्यमी प्रतियोगिताबाट फणिन्द्र पन्त पुरस्कृत

नयाँ कुरा, आईतबार , २२ सेप्टेमबर ,आमस्ट्रडम

लामो समय देखी नेदर्ल्याण्डसलाई कर्मथलो बनाएको गोर्खाका   फणिन्द्र पन्तले नेदरल्यान्ड्सको गोइस मिरेन नगरपालिकाद्वारा आयोजित स्टार्ट-अप उद्यमी प्रतियोगितामा विजय हासिल गरेका छन्।

यो प्रतियोगिता कोभिड-१९ पछि गोइस मिरेन क्षेत्रमा देखिएको पसल रिक्तताको समस्या समाधान गर्न विशेष रूपमा आयोजना गरिएको थियो। प्रतियोगितामा सहभागिता जनाएका नयाँ व्यवसायिक योजनाहरूको मूल्यांकन गरी तीन विजेताहरूलाई पहिलो वर्षको लागि मात्र एक यूरोमा पसल भाडामा दिने व्यवस्था गरिएको थियो। यो पहलले व्यवसायहरूलाई अघि बढाउन र स्थानीय क्षेत्रको आर्थिक पुनरुत्थान गर्न सहयोग पुर्‍याउने लक्ष्य राखेको थियो। विजेताहरूले २४,००० यूरो पुरस्कार, १००० यूरोको व्यवस्थापन प्याकेज, र दुई वर्षसम्म व्यवसाय संघबाट २००० यूरो (जम्मा करिब रु ४० लाख नेपाली रुपैयाँ) सहयोग पनि प्राप्त गरेका छन्

प्रतियोगिता र पन्तको व्यवसायिक सफलता
प्रतियोगितामा २५ व्यवसायीहरूले आफ्नो योजनासहित भाग लिएका थिए, जसमा उत्कृष्ट योजनाहरूलाई छनोट गरी अन्तिम चरणमा पुर्‍याइयो। फाइनल चरणमा १० व्यवसायीले आफ्ना व्यवसायिक योजना प्रस्तुत गरे। यीमध्ये फणिन्द्र पन्तले Mountain Mart; Nepal Trade House नामक योजना प्रस्तुत गरे, जसको उद्देश्य नेपालबाट उत्पन्न भएका सामग्रीहरू, कफी, चिया, हस्तनिर्मित डेकोर, ऊनी कपडा, हिमालयन मसला, र पहाडी खाद्यान्न ,प्रिमियम पेय पदार्थहरू नेदरल्यान्ड्सको बजारमा बिक्री गर्नु र नेपालमा यी यस्तो उत्पादन तथा वितरणमा ब्यबसायिक सहकार्य गर्नु थियो। पन्तको यो योजना निर्णायकहरूबाट प्रशंसित भयो र उनले विजेताको उपाधि प्राप्त गरे।

फणिन्द्र पन्तसँगै अन्य दुई विजेताहरू पनि थिए। तीमध्ये एक दाजु-बहिनी जोडी, जसले व्यक्तिगत खरिद सेवाहरू (personal shopping) प्रदान गर्ने योजना राखेका थिए, र अर्को सुगन्ध विशेषज्ञ जसले ग्राहकहरूको माग अनुसार अनुकूलित सुगन्ध बनाउने योजना प्रस्तुत गरेका थिए।बस्सुमको भीडभाड भएको विल्हेल्मिनाकेर्कमा १० जना फाइनलिस्टहरूले आफ्ना योजनाहरू प्रस्तुत गरे। नगरसभाका सदस्य निको स्खिमेल, खुद्रा विशेषज्ञ रोब भान दे नोर्त, र उद्यमी एन्जेल ड्युइन्स्टेले मिलेर निर्णायक मण्डल बनाए। अन्ततः तीन विजेताहरूको चयन भयो: जसमा सहभागी ले दिएको मत साथै जुरी ले दिएको नम्बर को आधारमा मापन गरिएको थियो ।

पन्तको पृष्ठभूमि र अनुभव
फणिन्द्र पन्त बस्सुममा पहिले नै दीवाली प्यालेस नामक एक सफल नेपाली रेस्टुरेन्ट सञ्चालन गरिरहेका छन्। उनी लामो समयदेखि नेदरल्यान्ड्समा नेपाली उत्पादनहरूको प्रवर्द्धन गर्दै आएका छन्। पन्तले Namaste Cooperatief U.A. को माध्यमबाट नेपाली उत्पादनहरूको नेदरल्यान्ड्स मा आयात र वितरण गर्दै आएका छन्। उनका अनुसार, नेपाली उत्पादनहरूको प्रयोग र प्रवर्द्धनले नेपालको आर्थिक वृद्धिमा सहयोग पुर्‍याउँछ, जसले रोजगारी सिर्जना गर्न र विदेशी मुद्रा भित्र्याउन ठूलो भूमिका खेल्न सक्छ।अन्तत रोजगारकै लागि बिदेशिनु पर्ने बाध्यता भोलि का नेपाली युबा लाइ नहोस । प्रतियोगिता जिती सके पछि पन्तको पहिलो प्रतिक्रिया थियो : यो मेरो व्यक्तिगत जित नभएर ” नेपाल प्रतिको सदभाब ” र सहभागी मध्ये धेरैले बिगत ५ बर्षमा उक्त सहरमा रहेको नेपाली रेस्टुरेन्ट दिवाली प्यालेस लाइ गर्ने माया र मेरो प्रस्तुतिमा जज हरुले नेपाल प्रति मेरो लगाब र दृढ संकल्प देखेर छानेका हुन् भन्ने लाग्छ “।

भविष्यका योजना
फणिन्द्र पन्तले Mountain Mart ब्रान्डलाई सफलतापूर्वक सञ्चालन गर्ने आशा राखेका छन्। यस ब्रान्डले नेदरल्यान्ड्समा नेपाली उत्पादनहरूको पहिचानलाई मजबुत बनाउने मात्र होइन, नेपालका साना व्यवसायी र उद्यमीहरूलाई अन्तर्राष्ट्रिय बजारमा आफ्नो उत्पादन प्रवर्द्धन गर्न सहयोग गर्नेछ।नेपाली समान उत्पादन र वितरण मात्र नभएर उद्देम्शील हब कै रुपमा cooperation & collaboration गर्दै जाने लक्ष रहेको छ । जसले स्व- रोजगार , आत्मा निर्भर र श्रीजन्शिलता लाइ प्राथमिकता मा राख्ने छ । यसका लागि बस्तु तथा सेवामा ब्यबसायिक तबरका वोर्क सप नेपाली समान भौतिक रुपमा महसुस गर्न , सकिने सेन्टर हुने छ । आफ्ना बिशेष उत्पादनलाई युरोपको बजारमा लैजान योजना भएका ब्यबसायीलाई पनि सहकार्यको आब्हान गरिन्छ भनिएको छ ।

फणिन्द्र पन्त हाल गैरआवासीय नेपाली संघ (NRNA ICC ) का वर्तमान प्रवक्ता पनि हुन्। उनी स्वदेश र विदेशमा रहेका नेपाली उत्पादनहरूको प्रवर्द्धन गर्दै आर्थिक र सामाजिक उन्नतिमा योगदान पुर्‍याउने उद्देश्यले काम गरिरहेका छन्। उनको यो अभियानले नि-सन्देह नेपाललाई गर्व गर्नलायक अर्को थप उपलब्धि दिलाउने छ।

Please follow and like us: