नयाँ कुरा,बुधाबार,६ मार्च, आमस्ट्रडम,
नेपाल म्युजिक फाउण्डेसनले नेदरल्याण्ड्समा बसोबास गर्ने सम्पूर्ण नेपालीभाषी परिवारका बालवालिकाहरुलाई लक्षित गरी आम्स्टर्डाममा संचालित नेपाली स्कूलको तेश्रो शैक्षिक सत्र यही मार्च ३ आईतवारका दिन नेदरल्याण्ड्स स्थित बिभिन्न संघसंस्थाहरुका प्रतिनिधिहरुको उपस्थितिमा बेनेलुक्सका महामहिम राजदूतद्वारा उद्घाटन गरिएको छ।
सोही दिन खुल्ला सूचना आदानप्रदानको माध्यमबाट नेपाली स्कूलबाट प्रदान गरिदै आएका सबै किसिमका गतिविधिहरुको प्रयोगात्मक सत्र समेतको प्रत्यक्ष शैक्षिक प्रदर्शनी गरेर विद्यार्थी तथा अभिभावकहरुमा जानकारी गराइएको थियो। नेपालीभाषी परिवारका बालवालिकाहरुलाई नेपाली तथा डच भाषा, संगीत, नृत्य, योग लगायतका कक्षा संचालन गर्दै आईरहेको नेपाली स्कूलको ३ मार्च देखी संचालन हुने नयाँ शैक्षिक सत्रमा आम्स्टर्दमा नयाँ भर्ना खोलीएको जानकारी गर्दै आफ्ना वालवालिकाहरुलाई समयमै भर्ना गरेर नेपाली भाषा लगायत विधालयले प्रदान सेवा लिन सबैमा अनुरोध गरिएको थियो।
नेपाल फण्ड फाउण्डेसनको व्यबस्थापनमा गत २ मार्च देखी Purmerend ईलाकाका बासिन्दाहरुका लागि Purmerend शहरमा पनि स्कूलको शाखा संचालन गरी उक्त कक्षाहरु संचालनमा ल्याइएको कुराको जानकारी गराइएको थियो। कार्यक्रममा उपस्थित वक्ताहरुले नेदरल्याण्ड्समा नेपाली भाषाको कक्षा संचालनका प्रयासहरु पटक पटक गरिएको भएता पनि निरन्तरता हुन नसकी विफल भैरहेको ईतिहास हुँदै गर्दा नेपाल म्युजिक फाउण्डेसनले संचालन गरेपछि भने स्कूलले निरन्तरता पाइरहेकोमा नेपाल म्युजिक फाउण्डेसनको कुशल व्यबस्थापनको मुक्त कण्ठले प्रसंसा गरेका थिए।
कार्यक्रमा नेपाली स्कूलमा वालबालिकाहरुले मौलिक नृत्य प्रदर्शन बाट आफ्नो कला प्रस्तुत गर्नुको साथै उपस्थित अतिथिहरुलाई मनोरन्जन प्रदान गरेका थिए। कार्यक्रमका प्रमुख अतिथी बेनेलक्सका महामहिम राजदूत गेहेन्द्र राजभण्डारीले नेपाल म्युजिक फाउण्डेसनको कार्यलाई मुक्तकण्ठले स्वागत गर्दै नेपाली स्कूलको सफलताको कामना गर्नु भएको थियो।
त्यसै गरी विशिष्ट अतिथी नेपाल म्युजिक फाउण्डेसनका संरक्षक तथा स्कूल व्यबस्थापन समितिका अध्यक्ष शशी कान्त पौड्यालले स्कूल संचालनका श्रोत साधन लगायतका बारेमा जानकारी गर्दै नेदरल्याण्ड्स स्थित अन्य संस्थाहरुले पनि यस पुनित कार्यमा हातेमालो गर्नको लागि अनुरोध गर्नु भएको थियो।
आम्स्टर्डम नगरपालिका र फाउण्डेसन Doras को प्रतिनिधित्व गर्दै श्रीमती Anke van Ruler ले पनि उदघाटन समरोहमा बोल्दै नेदरल्याण्ड्स सरकारसँग को सहकार्य मजवूत र प्रशंसनीय भएको कुरा बताउनु भयो। स्कूल व्यबस्थापन समितीका सदस्य तथा नेपाल म्युजिक फाउण्डेसनका सल्लाहकार डि पि शर्मा मैनाली द्वारा मन्तव्य व्यक्त गर्दै पाठ्यपुस्तक लगायतका शैक्षिक सामग्रीहरुका साथमा वर्तमानमा प्रयोग भैरहेका पाठ्यसामग्रीहरुको पुन: प्रकाशन तथा प्रयोगको लागि पुस्तक लेखकबाट प्रदान गरिएको प्रतिलिपी अधिकार समेत संस्थाकी अध्यक्ष सावित्री पौडेललाई हस्तान्तरण गर्नु भएको थियो। त्यसै गरी भाषा शिक्षक सुर्यराज गिरिद्वारा विधालयको बारेमा जानकारी तथा पठनपाठन गतिविधी समेत जानकारी गर्दै आफ्नो मन्तव्य राख्नु भएको थियो।
समारोहमा एनआरएनए अध्यक्ष थानेश्वर कंडेल, समाजसेवी नारायण आचार्य, फनिन्द्र पन्त, संघर्शशील केसी लगायतका व्यक्तिहरुले शुभ-कामना मन्तव्य व्यक्त गर्दै स्कूल संचालनमा आफुहरुको साथ सहयोग रहने प्रतिवद्दता व्यक्त गर्नुभएको थियो। सोही अवसरमा विद्यालयका नियमित कृयाकलापका विद्यालय व्यबस्थापन तथा अतिरिक्त कृयाकलापमा योगदान पुर्याउनु हुने अभिभावक, शिक्षक तथा विद्यार्थीका साथ साथै उल्लेखनीय योगदान पुर्याउनुहुने सामाजिक व्यक्तित्वहरुलाई कदर-पत्र समेत प्रदान गरिएको थियो।
नेपाल म्युजिक फाउण्डेसनकी अध्यक्ष सावित्री पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा रश्मिता पराजुलीले उपस्थित अतिथिहरुलाई स्वागत गर्दै आफ्ना मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम संचालन संस्थाका महासचिव राजेन्द्र शर्मा(नेपाल प्रेमी) द्वारा गरिएको थियो।