नयाँ कुरा,शुक्रबार ,आम्स्ट्रडम
गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वयन परिषद नेदरल्याण्डसको नबौ महाधिबेशनका लागि महिला उपाध्यक्ष पदमा सिता सापकोटाले उम्मेदवारी घोषणा गरेकी छन ।
सापकोटा लामो समय देखी नेदरल्याण्डसमा स्वास्थ्य क्षेत्रमा कामको साथ साथै बिभिन्न सामाजिक राजनीतिक सस्थामा सिकेको सामाजिक सिपलाई एन आर एन ए को सस्थामा बसी महिला तथा बालबालिका लागि सस्थाले छुटाएका धेरै कामहरु लाई अझ सशक्त र पारदर्शिता गर्दै सस्थाले सस्थागत बिकासका योजनामा सहयोग गर्ने प्रतिबद्दता साथ उम्मेद्दवार घोषणा गरेको बताउनु भएको छ ।
सापकोटाले महिला हक, अधिकार र महिला शसक्तिकरण र हाम्रो एकता नाराका साथ आफ्नो प्रस्तुती रहने बताएकी छन ।\
अपिल जस्ताको त्यस्तै-
नेदरल्याण्ड्सबासि सम्पूर्ण आदरणीय सम्पुर्ण आमा बुवा , दाजुभाई तथा दिदीबहिनीहरुमा म सीता सापकोटा को तर्फबाट सादर नमस्कार !
सर्वप्रथम मलाई को २०१९-२०२१ काय॔ समितिमा रहेर काम गने॔ शुभ-अवसर प्रदान गनु॔ भएकोमा मेरा आदरणीय अग्रजहरुलाई हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्न चाहान्छु।
हजुरहरु सबै जनालाई आधिकारिक रुपमा जानकारी भइसकेको छ हाम्रो गैर आवासीय संघ नेदरल्याडसको नवौ अधिबेशन आगामी जुलाई ११ मा तय गरिएको छ।
गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वयन परिषद नेदरल्याण्डसको २०१९-२०२१ को काय॔ समितिमा रहेर काम गदा॔ हाम्रो गरिमामय संस्था र हाम्रो समाज प्रतिको मेरो काम भुमिका हजुरहरु सबैलाई अवगत नै छ। मलाई अझै पनि हाम्रो संश्थामा रहेर काम गने॔ तिब्र इच्छा भएको र बिशेष गरि महिलाहरुको हक हित, महिला सशक्तिकरण र महिलाहरुमा नेतृत्व बिकासको लागि अझै सक्रिय रुपमा लागि परेर काम गर्ने छु ।
मैले लगनशिल र इमान्दारीताका साथ पुरा गने॔ छु र हाम्रो गरिमामय संस्थाको शिर सधै उच्च हुने काम गने॔छु।
महिला हक, अधिकार र महिला शसक्तिकरण र हाम्रो एकता ।
धन्यवाद !
महिला उपाध्यक्ष उम्मेदवार
सीता सापकोटा