नेदर्ल्याण्डमा प्रतिनिधिसभाको निर्वाचनमा हुँदै

नेदरल्यान्द्स,बिहीवार 
आगामी १५, १६ र १७ मार्च २०२१ मा डचहरु संसदको निर्वाचनमा जाँदैछन । नेदर्ल्याण्डको राजनीतिक संरचना संबैधानिक राजतन्त्र भएकाले राजालाई राष्ट्र प्रमुख मानिन्छ । नेदर्ल्याण्डको प्रतिनिधिसभामा १५० जना सदस्यहरु हुन्छन । नेदर्ल्याण्डको निर्वाचन प्रणाली भने छुट्टै ढंगको छ । यहाँ निर्वाचन क्षेत्र हुँदैनन र प्रतक्ष रुपमा निर्वाचित पनि नभएर पार्टीगत रुपमा निर्वाचित हुने प्रचलन छ । उदाहरणको लागि सबैभन्दा धेरै जनमत ल्याउने पार्टीले सबैभन्दा धेरै संसद सदस्यहरु पाउने अधिकार हुने हुँदा त्यो पार्टी नै सबैभन्दा ठुलो पार्टी भएर बिजय हुन्छ । त्यसैले नेदर्ल्याण्डमा कुन ब्याक्तिलाई जनमत दिने भन्दा पनि कुन पार्टीलाई भोट हाल्ने भन्ने बढि महत्वपूर्ण हुन्छ । भोट उमेदवारलाई नै दिन पाउने प्राबधान भएता पनि पार्टीले ल्याएको जम्मा भोटको आधारमा प्रतिनिधिसभाका सदस्य बाडिने हुँदा एक भोट पनि नल्याएको ब्याक्ति पनि संसदमा निर्वाचित हुन सक्ने हुन्छ । यो दृष्टिकोणलाई मध्यनजर गरि हेर्दा नेदर्ल्याण्डको निर्वाचन प्रणाली समानुपातिक जस्तो देखिन्छ ।
नेदर्ल्याण्डका राजनीतिक दल र नेपालका राजनीतिक दलको सम्बन्ध
आगामी प्रतिनिधिसभाको निर्वाचनमा ३७ वटा पार्टीले भाग लिने भएका छन जसमध्ये लिबेरल लोकतान्त्रिक जनाता पार्टी (VVD), स्वातन्त्रताको लागि पार्टी (PVV), क्रिश्चिएन लोकतान्त्रिक पार्टी (CDA), श्रमिक पार्टी (PvdA), लोकतान्त्रिक १९६६ (D66), हरियो लेफ्ट पार्टी (Groen Links) र समाजवादी पार्टी (SP) प्रमुख हुन । नेदर्ल्याण्डका ऐतिहासीक पार्टीमा CDA, PvdA र VVD गनिन्छन । VVD, PVV र CDA लाई राइट साइडका पुँजिवादी पार्टी भनि चिनिन्छ भने PvdA र D66 लाई पुंजिवाद र समाजवाद बिचका पार्टी र उता GroenLinks र SP लेफ्ट साइडका समाजवादी पार्टीहरु भन्ने गरिन्छ । संक्षिप्तमा भन्नु पर्दा VVD लाई प्रायगरि राइटसाइडको र व्याबसायीहरुको समर्थन छ । CDA लाई क्रिस्चियन र नेदर्ल्याण्डका किसानहरुको सपोर्ट छ । PVV लाई प्रायगरि सरकारसँग असन्तुष्ट व्याक्तिहरु र आप्रवासी बिरोधिहरुको समर्थन हुने गर्दछ । PvdA को राजनीतिक धारातल भनेको श्रमिक र नेदर्ल्याण्डमा बसोबास गर्ने आप्रवासिलाई मानिन्छ । D66 लाई शिक्षाक्षेत्र बाट समर्थन हुन्छ भने GroenLinks लाई बातावरण सम्बन्धी पार्टीबाट चिनिन्छ भने SP लाई सर्वहाँराको पार्टी भनि चिनिन्छ ।
अन्तरराष्ट्रिय राजनीतिक धरातलबाट हेर्ने हो भने अन्तरराष्ट्रिय लिबेरल लोकतान्त्रिक प्ल्याटफोर्ममा नेदर्ल्याण्डबाट VVD सदस्य छ तर नेपालबाट यस प्ल्याटफोर्ममा कुनै पनि राजनीतिक दलले सदस्यता नलिएको बुझिन्छ । अन्तरराष्ट्रिय क्रिश्चिएन लोकतान्त्रिक प्याट्फोर्ममा नेदर्ल्याण्डबाट CDA सदस्यता लिएको छ तर नेपालबाट कुनै पनि दल यस प्ल्याटफोर्ममा आबद्ध नभएको बुझिन्छ । अन्तरराष्ट्रिय समाजवादी प्ल्याटफोर्मको सदस्यता नेदर्ल्याण्डबाट PvdA ले लिएको छ भने नेपालबाट नेपाली काङ्रेस पार्टी यस प्ल्याटफोर्मको सदस्य छ । अन्तरराष्ट्रिय कम्युनिष्ट प्ल्याटफोर्ममा नेदर्ल्याण्डबाट कुनै पार्टीले सदस्यता नलिएको बुझिन्छ भने नेपालबाट नेपाल कम्युनिष्ट पार्टी यसको सदस्य रहेको बुझिन्छ ।
अन्तरराष्ट्रिय राजनीतिक धारातलमा जुनसुकै प्ल्याटफोर्मको सदस्यता लिएता पनि नेदर्ल्याण्डका राजनीतिक दलहरुमा खासै धेरै भिन्नता देखिदैन । संक्षिप्तमा भन्नु पर्दा VVD लाई प्रायगरि राइटसाइडको र व्याबसायीहरुको सपोर्ट हुने गर्दछ । CDA लाई क्रिस्चियन र नेदर्ल्याण्डका किसानहरुको सपोर्ट हुने गर्दछ । PVV लाई प्रायगरि सरकारसँग असन्तुष्ट व्याक्तिहरु र प्रवासिका बिरोधिहरुले समर्थन गर्ने गर्दछन । PvdA को राजनीतिक धारातल भनेको श्रमिक र नेदर्ल्याण्डमा बसोबास गर्ने प्रवासिलाई मानिन्छ । D66 लाई शिक्षाक्षेत्र बाट समर्थन हुन्छ भने GroenLinks लाई बातावरण सम्बन्धी पार्टी चिनिन्छ र SP लाई सर्वहाँराको पार्टी भनि चिनिन्छ ।
डचहरुले जनमत दिंदा ध्यानदिने कुराहरु
नेदर्ल्याण्डका मतदाताहरुलाई विभिन्न क्याटगोरीमा बिभाजित गर्ने गरिन्छ जसमध्ये सैधान्तिक, वौधिक र ब्याक्तिगत प्रमुख हुन । सैधान्तिक मतदाताले सधैंभरी आफ्नो सिधान्त मिल्ने पार्टीलाई भोट् हाल्ने गर्दछन । विवेक र बौधिकता प्रयोग गरि आफ्नो मतले अधिकतम अर्थ राखोस् भन्ने हेतुले जनमत दिनेलाई बौधिक मतदाता भन्ने गरिन्छ भने आफुलाई महत्वपूर्ण लागेका बिषयलाई जुन पार्टीले अधिकतम सम्बोधन गर्दछ सो पार्टीलाई जनमत दिनेलाई ब्याक्तिगत जनमत भनिन्छ । नेदर्ल्याण्डमा ब्यातिगत जनमत दिनेको संख्या सैधान्तिक र बौधिकको भन्दा ठुलो हुन्छ । नेदर्ल्याण्डका जम्मा योग्य जनमतको ६० देखि ८०% सम्मले आफ्नो जनमतको अधिकार प्रयोग गर्ने गर्दछन । कुन पार्टीमा भोट हाल्ने भन्ने कुरा निश्चित गर्नको लागि भोट् निर्देशित गर्ने वेबसाईटहरु पनि छन जस्तै www.steemwijzer.nlwww.kieskompas.nl । तर यी वेबसाईटमा गएर सोधिएका प्रश्नहरुको उत्तर दिंदै जाँदा पनि अन्तिममा तपाईंलाई फिट नहुने पार्टी निर्देशित भएर आउन सक्ने हुँदा यस्ता वेबसाईटहरुको पुरै भर पर्न नसकिने हुन्छ । साथै यहाँ सोधिएका प्रश्नहरुको जवाफ दिनको लागि पनि भाषागत ज्ञानको जरुरी हुन्छ ।
मेरो ब्यक्तिगत भोट कुन पार्टीलाई र किन?
आगामी निर्वाचनमा मैले सैधान्तिक, वौद्धिक र ब्याक्तिगत तिनै कुराहरुलाई समेटेर जनमत दिने निर्णय गरेको छु । नेपाली काङ्रेस पार्टी जस्तै गरि नेदर्ल्याण्डको लेवर पार्टी (PvdA) पनि अन्तरराष्ट्रिय समाजवादी प्याटफोर्मको सदस्य भएको हुँदा सैधान्तिक रुपमा पनि PvdA लाई मेरो समर्थ हुने भयो । बौद्धिक रुपमा PvdA लाई दिएको भोट खेरा नजाने देखिन्छ किनकी नव गठित सरकारमा यो पार्टीले भाग लिन सक्ने सम्भावना मनासिव देखिन्छ र यो पार्टीले अत्त्याधिक रुपमा ब्रिद्धी हुँदै गैरहेको गरिब र धनीको दुरिलाई न्युनिकरण गर्न ठुलाठुला कम्पनीहरुलाई आय र मुनाफा कर तिर्न लगाइ मध्यम र न्युन वर्गलाई रोजगार, शिक्षा र स्वास्थको सुरक्षित गर्ने पार्टी योजनामा प्रष्ट खुलाएको छ । PvdA कि नेत्रि
Lilianne Ploumen सँग मेरो दुई पटक भेट भएको थियो । प्रथम पटक नेत्रि Ploumen Cordaid नामक नेदर्ल्याण्डको INGO को CEO हुँदा र दोस्रो पटक Lilianne Ploumen मन्त्री हुँदा नेपाल पर्यटन पर्वर्धन क्याम्पेन ‘Nepal Now’ को उद्घाटन गर्दा र दुबै भेटमा यिनी सरल, सहयोगि र एक सक्षम नेत्री को अनुभव मैले पाएको थिए । यिनिको Cordaid को CEO को कार्यकालमा Cordaid को सहयोगमा नेपाल बिकास प्रतिष्ठान (NDA) ले नेपाललाई Biogas र Toilet का सुबिधाहरु न्युनवर्गलाई उपलब्ध गराउन सफल भएको थियो । Ploumen ले बिनासकारी भुकम्प पछि काठमाडौं र भक्तपुर भिजिट गरि नेदर्ल्याण्ड सरकारले भुकम्प पीडितलाई ठुलो राहत उपलब्ध गराएको हुँदा पनि नेपाललाई माया गर्ने ब्यक्तित्वको रुपमा मैले यिनिलाई लिने गरेको छु ।
मेरो जनमतको धारणा यहाँहरू समक्ष पस्किएता पनि यस लेखलाई ज्ञान र संदेश मुलक भनि पढिदिनु हुन आग्रह गर्दछु । यहाँहरुले आफ्नो जनमतको अधिकार आफ्नो विवेक प्रयोग गरि सदुपयोग गर्नु हुने नै छ भन्ने कुरामा म बिश्वास्त छु ।
लेखक सामाजिक अभियानता शशी पौडयाल हुन ।
Please follow and like us: