नेपाली काँग्रेसले केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई विदेशमा विस्तार

दोहा- जीएनएन– नेपाली काँग्रेसले केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई विदेशमा विस्तार गरेको छ। उपसभापति बिमलेन्द्र निधी प्रमुख रहेको नेपाली काँग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई विदेशस्थित १६ देशमा संयोजक नियुक्ती गरेको हो।

निति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका अन्तर्राष्ट्रिय संयोजक गंगाधार गौतमले नेपाली कांग्रेसको नीति तथा कार्यक्रमलाई विदेशमा रहेका नेपाली समुदाय समक्ष पुर्याउने उद्देश्यले सो प्रतिष्ठानको विस्तार गरिएको जानकारी दिदै भने, “अब हामि पहिलो चरणमा प्रतिष्ठानलाई थप २२ देशमा विस्तार गर्ने योजना रहेको छ र दोस्रो चरणमा लोकतन्त्रमा आस्थावान साथिहरू भएका तर जनसम्पर्क नभएका मुलुकमा पनि संयोजक तोकेर प्रतिष्ठानलाई विस्तार गर्ने छौं।”

नयाँ कुरा  संग संछिप्त कुराकानी गर्दै गौतमले नेपाली काँग्रेस, नेपाली जनसम्पर्क समिति र सिङ्गो लोकतन्त्रबादीहरुको डायस्पोरालाई पार्टिको निति तथा कार्यक्रम मार्फत प्रशिक्षित गर्न जनसम्पर्क समिति गठन भएका र लोकतन्त्रबादीहरु सङ्गठित भएका मुलुकहरुमा शाखा प्रमुखको लागी सिफारिस गर्ने सहित अन्तराष्ट्रिय संयोजकको भुमिका पाएकोमा नेता निधि, नेपाली कांग्रेस केन्द्रिय समिती र प्रशिक्षण प्रतिष्ठान प्रति आभार प्रकट गर्दै भने, “प्रतिष्ठानले प्रशिक्षण लगाएतका गतिविधिमा तिब्रता दिनेछ भने आगामी महाधिवेशन भन्दा अगाडी प्रवासमा रहेका लोकतन्त्रवादीहरूको भूमिका कस्तो हुने लगाएतका दस्ताबेशहरू लिखित पेश गर्ने छौं।

“ गौतमले मनोनयमा पर्नु भएका १६ वटै शाखा प्रमुखहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिदै आगामी शनिबार २७ फेब्रुअरी २०२१ का दिन विशेष बैठक बस्ने र त्यसपछि थप कार्ययोजनाहरू सार्वजनिक गर्ने जानकारी दिए।

प्रतिष्ठानमा डा. बलराम श्रेष्ठ (जापान), खेमराज बस्नेत (युएई), रामकुमार महतो (स्विजरल्याण्ड), रामबहादुर गुरुङ (हंगकंग), केशब बराल (अमेरिका), देबि भुसाल (दिपिका) इजरायल, क्रान्ति सिंह (कतार), सोम सापकोटा (माल्टा), जितेन्द्र सिंह महता कोरिया (बैतडी), डा. जितु उपाध्याय (क्यानाडा), राजकुमार गौतम (पोर्तुगल), बिनोदबहादुर थापा (मलेसिया), प्रेम सापकोटा (अस्ट्रेलिया), पदम क्षेत्री (रामचन्द्र) नेदरल्याण्ड, गोपालप्रसाद कोइराला (भारत) र कोपिला लिम्बू (बेलायत) रहेका छन्।

Please follow and like us: