जापानको टोकियोमा १५ हजार कोरोनाका बिरामी घरमै उपचारको पर्खाइमा ,

जीएनएन,जापान,
केहि महिनायता जापानभर कोरोना संक्रमितदर उच्च भएसँगै संक्रमितहरुले समयमै उपचार नपाउने समस्या बढेको छ ।
अस्पतालमा संक्रमितहरुको चाप बढ्नुका साथै उपचारका लागि आवश्यक शैय्याको अभाव हुँदा घरमै प्रतिक्षारत बिरामीहरुको संख्यामा बृद्धि भएको छ ।
क्योदो न्युज सर्भेका अनुसार १५ हजार ५८ जना कोरोना संक्रमितहरु अस्पताल वा तोकिएको आवासका लागि पर्खाईको सूचीमा रहेका छन् । अस्पतालको पालो कुरिरहेका संक्रमितहरुको संख्या थपिएसँगै समयमा उपचार नपाउँदा घरमै मृत्यु हुनेहरुको संख्या पनि बढिरहेको छ । यस महिनाको सुरुवातदेखि गत मंगलबारबाट घरमै पर्खन बाध्य संक्रमितहरुको संख्या तीब्र गतिमा बढेको बताईएको छ ।
टोकियोमा मात्रै यो संख्या ५ गुणाले बढेको छ । कोरोना संक्रमित व्यक्तिहरुका लागी अस्पताल वा आवासको प्रबन्ध जापानका स्थानिय सार्वजनिक स्वास्थ्य केन्द्रहरुले गर्दै आईरहेका छन् । गत नोभेम्बरबाट कोरोना संक्रमितहरुको संख्या अत्यधिक बढ्न थालेपछि अस्पताल तथा आवासीय व्यवस्थाका लागि लामो समय लागिरहेको छ । जसले गर्दा संक्रमितहरु घरमै कुर्न बाध्य भएको स्थानिय निकायले जनाएका छन् । अति संवेदनशिल अवस्थाका केही संक्रमितहरु समयमै उपचार नपाउँदा घरमै ज्यान गुमाउन बाध्य भएका छन् ।
आपतकाल घोषणा गरिएका ११ प्रिफेक्चरहरु मध्ये टोकियोमा सबैभन्दा धेरै संक्रमितहरु अस्पताल वा अन्य आवासीय सुविधाको पर्खाइमा छन् । यो संख्या गत डिसेम्बरबाट ४.८ अनुपातमा बृद्धि भई १,५६३ बाट ७,५३९ मा पुगेको छ । अन्य प्रिफेक्चरहरुको अवस्था पनि उस्तै रहेको छ । स्थानिय सरकारले भने संक्रमितहरुको अनुपातमा उपचार स्थलहरुको सक्दो व्यवस्थापन गरिरहेको जनाएको छ ।
टोकियोले नयाँ कोरोना संक्रमित संख्या दैनिक ५०० तथा ओसाकाले १६० अनुमान गरेका थिए । यद्यपी जनवरी ७ मा तोकियोमा हालसम्मकै उच्च २,४४७ र ओसाकामा ६५४ नयाँ संक्रमितको रेकर्ड भएको छ । अहिलेसम्म कोरोना संक्रमितहरुको उपचार सरकारद्धारा संचालिन अस्पतालहरुले गर्दै आएको भएपनि निजी अस्पतालहरुले पनि बिरामी भर्नामा सहयोगको अपेक्षा सरकारले गरेको छ ।
तर विज्ञहरुका अनुसार साना तथा मद्यम स्तरको निजी अस्पतालमा कोरोना संक्रमितहरुको उपचारका लागि आवश्यक पूर्वाधार तथा कर्मचारीको अभाव रहेको छ । बढ्दो संक्रमण कम गर्न टोकियो लगायत आसपासको ३ प्रिफेक्चरमा जनवरी ७ देखी १ महिने लामो आपतकाल घोषणा गरिएको छ । पछि अन्य ७ प्रिफेक्चरमा पनि आपतकाल विस्तार गरिएको छ ।
आपतकालिन अवस्था अन्तर्गत मानिसहरुलाई अनावश्यक काममा घरबाहिर ननिस्कन आग्रह गरिएको छ भने होटल तथा रेष्टुरेण्टहरुलाई पनि कार्य समय घटाउन भनिएको छ ।
Please follow and like us: