कोरोनाका कारण एकैदिनमा १,६१० को मृत्यु –

सञ्जयभक्त कँडेल ,

कोभिड १९ का कारण १९ जनवरी २०२१ का कोरोनाका कारण एकैदिनमा १,६१० को मृत्यु –दिन १६१० जना मानिसले यूकेमा ज्यान गुमाएका छन ।

यो मृत्युदर यूकेमा आज सम्मकै उच्च हो । ८ अप्रिल २०२० मा १०७३ को संख्यामा भएको मृत्यु नै कोभिडका कारण धेरै ज्यान गुमाउने खराब दिन बनेको थियो । सन २०२१ जनवरीकै केहि दिनहरु जस्तै ११ जनवरीमा १०६४ , १२ जनवरीमा १०५२ , १३ जनवरीमा १०१८ र १४ जनवरी २०२१ मा १००० मान्छेले यूकेमा कोभिड १९ का कारण ज्यान गुमाएका थिए ।

कोभिड १९ का कारण मृत्यु हुनेको संख्यामा भारी सुधार हुदै १८ जनवरी २०२१ , सोमबार मृत्यु हुनेको संख्या ५९९ मा झरेको थियो । तर १९ जनवरी २०२१ मंगलवार अचानक सोमबारको भन्दा झण्डै तिन गुणाले बढेर अर्थात १६१० मानिसले कारोनाकै कारणले ज्यान गुमाउन पुगेका छन । कोभिड -१९ को पहिलो डोज भ्याक्सिन लिनेहरुको संख्या युकेमा ४२६६ ५७७ पुगेको छ ।

व्रिटेनको स्वास्थ सेवा र ७० वर्ष भन्दा माथिका वृद्धवृदालाई प्राथमिकतामा राखेर भ्याक्सिनको वितरणलाई सहज बनाईएको छ तर भ्याक्सिन सत प्रतिशत सुरक्षित भने नरहेको राष्ट्रिय स्वास्थ सेवा विभागले सूचित पनि गरेको छ ।

राष्ट्रिय तथ्याङ्क विभाग यूके र पब्लिक हेल्थ इङ्गल्याण्डका अनुसार हालसम्म ५४ लाख मानिसहरु कोभिड पोजेटिभ देखिएका छन भने प्रत्येक आठ जना इङ्गल्याण्डमा वसोवास गर्ने मानिसमा १ जनालाई अनुपातमा कोभिड -१९ पोजेटिभ भइसकेको छ ।

Please follow and like us: