विश्व ज्योतिष महासंघमा : क्षमता ढकाल

लण्डन,

विश्व ज्योतिष महासंघमा : क्षमता ढकाल लण्डनकी नेपाली समुदायमा चर्चित ट्यारोट कार्ड रिडर तथा एनआरएनए अभियन्ता क्षमता ढकाल विश्व ज्योतिष महासंघमा सदस्यमा मनोनियत भएकी छिन ।

ट्यारोट कार्डका माध्यमबाट मानिसहरुको भूत, वर्तमान तथा भविष्य बताउँदै आएकी ढकाल लण्डन स्थित एक विश्वविद्यालयमा कानुनमा ( एलएलवी ) स्नातक गर्दै छिन ।

लामो समयदेखि लण्डनमा वसोवास गर्दै आएकी ढकाल फोन मार्फत विश्व भरि छरिएर रहेका नेपालीहरू लाई ट्यारो कार्डका माध्यमवाट आवश्यक परामर्श दिदै आएकी छिन ।

गतवर्ष एनआरएन यूकेको चुनावमा भएको पक्षपात र धाधलीका बारेमा सार्वजनिक रुपमै आवाज उठाए पछि ढकाल नेपाली समुदाय विच परिचित भएकि थिइन ।

विश्व ज्योतिष महासंघले एक विज्ञप्ति जारी गर्दै उनीलाई महासंघको सदस्यमा नियुक्त भएकोमा सफल कार्यकालका लागि शुभकामना समेत प्रदान गरेको छ ।

Please follow and like us: