प्रबासी नेपाली एकता मन्च नेदर्ल्यान्ड्सले गर्‍यो जिम्मेवारी हेरफेर

 

आम्स्त्रडम, बुधवार ,

प्रबासी नेपाली एकता मन्च, नेदर्ल्यान्ड्सले एघारौं बिस्तारित बैठक भर्चुयल माध्यमबाट आज सम्पन्न गरेको छ।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार तथा नेकपा केन्द्रिय सदस्य राजन भट्टराईको प्रमुख आतिथ्य र पुर्व युरोप उप संयोजक पुष्प तिमल्सिना बिशेष आतिथ्यमा सन्चालित उक्त बैठकले बिभिन्न महत्वपूर्ण निर्णयहरु गरेको र जिम्मेवारी समेत हेरफेर गर्दै प्रेम काजी गुरुङ ( मनु)अध्यक्ष र सचिवमा हेम कुमारलाई सर्वसम्मतले मनोनित गर्दै १९ सदस्यिय कमिटी बिस्तार गरेको नवनियुक्त सचिब हेम कुमारले जानकारी गराएका छन ।

त्यसैगरी सदस्यहरुमा क्रमस :टिका राम सापकोटा , राजेन्द्र चापागाइ , बिनोद बस्नेत , उदय नेपाली , केशब राज पाण्डे , लक्ष्मण रिजाल, जोग गुरुङ, रबिन्द्र खड्का, कृष्ण गुरुङ, हरी बिष्ट , जयलाल सापकोटा ,सुनिल गुरुङ , चन्द्र कुँवर , पूर्ण कंडेल ,जीवन पुन मगर ,नवराज खड्का ( बिनोद ) डम्बर क्षेत्री रहेका छन |

प्रधानमन्त्रि के पि शर्मा ओलिले आम निर्वाचनमा जाने तथा लोकतान्त्रिक प्रकृया र पद्दती बाटै बर्तमान अवस्थामा देखिएको समस्या हल हुने तथ्यका साथ उठाएका ऐतिहासिक कदम पूर्णरुपमा संबैधानिक रहेको ठहर गर्दै सर्वसम्मत एक्यबद्दता मन्चले जाहेर गरेको छ |

प्रवासमा रहेर पनि पार्टीलाई हर सम्भव सहयोग गर्न र पार्टीलाई उचाइमा पुर्याउन प्रबासी नेपाली एकता मन्चले देखाएको साहस र तत्परताको खुलेर प्रसंशा गर्दै प्रमुख अतिथी राजन भट्टराईले बैठकलाई संबोधन गरेका थिए भने प्रबास कमिटीको भूमिका पार्टीमा संधै महत्वपूर्ण रहने बताएका थिए | समसामयिक बिषयमा आफ्ना महत्वपूर्ण कुराहरु राख्दै भट्टराईले प्रधानमन्त्रि केपी शर्मा ओलिको नेत्रित्वमा सुर्य चिन्ह लिएर बिजय हासिल गर्ने कुरामा दुइमत नरहने बताएका थिए ।

त्यसैगरी पुर्व युरोप उप संयोजक पुष्प तिमल्सिनाले नेकपाका सतिसालहरु कहिल्यै बिचलित नहुने स्पस्ट परेका थिए |

करिब् ३ घण्टा चलेको बैठकको मन्चका अध्यक्ष प्रेम काजी गुरुङ्( मनु ) ले अध्यक्षता गरेका थिए भने सन्चालन टिकाराम सापकोटाले गरेका थिए |

Please follow and like us: