के गौतमले नेपाली जनसंपर्क समिती लाई प्रशिक्षण देलान त ?

 

 

 

आम्स्ट्रडम ,शनिबार,  २५ पुस

नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य गंगाधर गौतमलाई नेपाली काँग्रेससंग आबद्ध विदेशस्थित जनसम्पर्क समितिहरुमा नीति, अनुसन्धान तथा प्रशिक्षण सम्बन्धि कार्यका लागि संयोजक नियुक्त गरिएको छ ।

नेपाली काँग्रेसका उपसभापति तथा नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक बिमलेन्द्र निधिले गौतमलाई विदेशस्थित जनसम्पर्क समितिहरुमा नीति, अनुसन्धान तथा प्रशिक्षण सम्बन्धि कार्य गर्न गराउन तथा समन्वय गर्न प्रतिष्ठानका तर्फबाट संयोजक नियुक्त गरेका हुन् ।

नेपाली कांग्रेसले नेपाली जनसम्पर्क समिति रहेका सबै देशमा एक एक जना शाखा प्रमुख नियुक्त गर्ने अधिकार समेत गौतमलाई प्रत्यायोजन गरेको छ ।

नेपाली जनसम्पर्क समन्वय समिति युरोपका महामन्त्री गौतम जनसम्पर्क समिति बेल्जियमका पूर्व अध्यक्ष समेत हुन् ।

नियुक्ती सँगै पुन गौतम चर्चामा आएका छन । सबै कुरा सम्भब छ तर पहिला जनसंपर्क समिती बेल्जियमको लामो समय देखीको आन्तरिक समस्या कहिले सम्म लाम्याउने ? जनसंपर्क समितीका अधिकाम्श शुभ चिन्तक दुबिधामा छन ।

गौतमले पार्टीले दिएको जिम्मेवारी ईमान्दारी पूर्वक निर्बाह गर्ने प्रतिबद्धता गर्दै जिम्मेवारी प्रदान गरेकोमा उपसभापति निधि र पार्टी प्रति आभार व्यक्त गरे ।

Please follow and like us: