गैर अबासीय नेपाली संघ बेल्जियमले च्यारिटी सांस्कृतिक कार्यक्रम मार्फत २१ हजार युरो सन्कलन

 

नयाँ कुरा,१२ अप्रिल,शुक्रबार,बेल्जियम,

जाजरकोट जिल्लामा भुकम्पले भत्काएको बिद्यालय भवन निर्माणका लागि गैर अबासीय नेपाली संघ बेल्जियमले च्यारिटी सांस्कृतिक कार्यक्रम मार्फत २१ हजार युरो सन्कलन भएको छ ।

बिद्यालय भवन निर्माण गर्न सहयोग संकलन गर्ने उद्देश्यले आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा द भ्वाइस अफ नेपालका बिजेता गायक किरण गजमेर र स्थानिय कलाकार लाहुरे कान्छा, बलराम पुन लगायतले धमकादार सास्कृतिक प्रस्तुतिहरुले उपस्थित दर्शकहरु छम छमी नचाएका थिए ।

सास्कृतिक कार्यक्रममा स्थानीय कलाकारहरुको न्रित्यहरुले खचाखच भरिएको हलका दर्शकहरुले भरपूर्ण मनोरंजन लिएका थिए ।

नेपाली नयाँ बर्षको अबसरमा आयोजित कार्यक्रममा शुभकामना आदानप्रदान गर्न र मनोरंजन गर्न करीब तीन सय जनाको उत्शाहप्रद सहभागिता रहेको थियो ।

जाजरकोट पूननिर्माण बिधालाय परीयोजनाका लागि करीब २१ हजार युरो संकलन भएको छ । जाजरकोट स्थानिय सरकार सँग समनवयन गरी छिट्टै बिद्यालय भवन् निर्माण सुरु गरिने एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटाले जानकारी गराउनु भएकोछ ।

सास्कृतिक कार्यक्रम अघि भएको छोट्टो औपचारिक कार्यक्रममा संस्थाका उपाध्यक्ष कासी दनैले ब्रित्तचित्र मार्फत बिद्यालय भवन बनाउने स्थान, भत्किएको त्यहांको बस्तुस्थिति बिद्यालय र वडा कार्यालय सँग भएको सम्झौता पत्र लगायतका बिषयमा जानकारी गराउनु भएको थियो ।

आर्थिक सहयोग गर्ने ब्यक्ती र संस्थालाई धन्यवाद दिदै अर्का उपाध्यक्ष लोकेन्द्र नेपालले आर्थिक विवरण प्रस्तुत गर्नु भएको थियो । अतिथि कलाकारहरु लगायत कार्यक्रमका लागि प्रायोजन गर्ने र अन्य ब्यबस्थापकीय सहयोग गर्ने नेपाली समुदाय र बेल्जिक नागरिकहरुलाई कार्यक्रमका प्रमुख अतिथि बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्र राजभन्डारी र एनआरएनए बेल्जियम अध्यक्ष सापकोटाले मायाको चिनो प्रदान गर्दै सम्मान गर्नु भएको थियो ।

एनआरएन बेल्जियमका उपमहासचिब राजेन्द्र कार्कीले औपचारिक र एडिना केसीले सांस्कृतिक कार्यक्रमको संचलान गरेका थिए । अतिथिहरुलाई कार्यक्रम सन्योजक योगेन्द्र श्रेष्ठले स्वागत गर्नु भएको थियो । एनआरएनए बेल्जियम अध्यक्ष सीता सापकोटाले उपस्थित दर्शक , कलाकारहरु र पाहुना र सहयोगि सबैलाई धन्यवाद सहित कार्यक्रम समापन गर्नु भएको थियो ।

Please follow and like us: