नेदरल्याण्डसमा रहेका नेपालीहरु बिच लक्ष्मी पूजा आयोजना गर्ने

नयाँ कुरा,११ नोबेमबर,सनिबार ,आमस्ट्रडम,

नेपाल म्युजिक फाउण्डेसनद्वारा १२ नोवेम्वर आईतवारका दिन नेदरल्याण्डसमा रहेका नेपालीहरु बिच लक्ष्मी पूजा आयोजना गर्ने भएको छ ।

फाउण्डेसनद्वारा विबिध मनोरन्जनात्मक, सांस्कृतिक रितिरिवाज, परम्परागत शैलिमा गाउघर समझाउने गरी देउसी भैलो तथा लक्ष्मी पूजा आमस्ट्रडममा आयोजना गर्ने भएको हो ।

सोही दिन ११५औं लक्ष्मी जयन्ती दिबस  मनाउनुका साथै पुरुषोत्तम ढकालको पुस्तक लोकार्पण कार्यक्रमको आयोजना गरिएको हुँदा लक्ष्मीपूजाको प्रसाद ग्रहण तथा देउसीभैलो समेतका विविध मनोरन्जनात्मक कार्यमा सहभागी भैदिनुहुन फाउण्डेसनले नेपाली भाषि तथा स्थानिय संघ सस्थाहरुलाई हार्दिक निमन्त्रणा गरेको छ ।

परम्परागत चाडबाडको पुस्तान्तरणका लागि बिदेशमा हुर्कदै गरेका नेपाली बालबालिकाहरुलाई हाम्रो परम्परा जान्ने मौका प्राप्त गर्नुका साथै गाउघरमा गरिने रमाइलो क्षणको पुन: अनुभुती गर्न सकिने गरी कार्यक्रम आयोजना गरिएको हुँदा यसको विषेश महत्व रहेकोले फाउण्डेसनमा आबद्ध बालबालिकाहरुका अभिभाबक, नेपाली संघ सस्था तथा नेपाली भाषि महानुभाबहरुको बिशेष उपस्थितीको अपेक्षा गरेको छ ।

कार्यक्रम आईतवार १२ नोवेम्बर २०२३ का दिन दिनको १०:०० – १३:०० बजे सम्म : Waddenweg 116, 1025 PX Amsterdam
मा हुने महासचिब राजेन्द्र शर्माले जानकारी गराउनु भएको छ ।

Please follow and like us: