६ नोभेम्बर २०२३ सोमबारका दिन आमस्ट्रडममा दसैंँ-तिहार शुभकामना साँझ

नयाँ कुरा ,२८ अक्टोबर ,शनिबार ,आमस्ट्रडम,

गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद,नेदरल्याण्डले ६ नोभेम्बर २०२३ सोमबारका दिनमा आमस्ट्रडममा दसैंँ-तिहार शुभकामना साँझ आयोजना गर्ने भएको छ ।


नेपालका ख्याति प्राप्त राष्ट्रिय कलाकारहरु तुल्सी सिवाकोटी र मल्लिका कार्की साथै स्थानिय कलाकारहरुको बेजोड प्रस्तुतिको साथमा नेपालीहरुको महान चाड विजयादशमीको पावन अबसरमा नेदरल्याण्डसका बिभिन्न क्षेत्रमा रहनु हुने नेपाली महानुभाबहरुलाई बिजया दशमीको पावन अबसरमा सुख, शान्ति, समृद्दि र सु-स्वास्थको शुभकामना गर्दै उक्त कार्यक्रममा उपस्थित भैदिनुहुन एन आर एन ए नेदरल्याण्डसका कार्यक्रम सम्योजक तथा बरिस्ट उपाध्यक्ष्य भिम रोकाले बताउनु भएको छ ।

Please follow and like us: