आरके शर्मा र बद्री केसीबीच पुनःनिर्वाचनको ‘बटमलाइन’ सहित भेटवार्ता, पुनर्निर्वाचन भए छलफल गर्न सकिन्छः शर्मा

नयाँ कुरा ,शुक्रबार ,२७ अक्टोबर ,काठमाडौँ ,

गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र बढ्दो विवादका बीच दुई पक्षका अध्यक्षबीच भेटवार्ता भएको छ ।

अध्यक्ष आरके शर्मा र अर्का अध्यक्ष डा बद्री केसीबीच बिहीबार साँझ भेटवार्ता भएको हो ।

भेटका क्रममा डा केसीले मिलेर जान शर्मालाई प्रस्ताव गरेका छन । केसीले निर्वाचनमा भएको भनिएको धाँधलीको विषयमा छानबिनका लागि आफू मातहतको समिति बनाउन प्रस्ताव गरेको बताइएको छ ।

तर, शर्माले पुनर्निर्वाचन नभएसम्म अरु विकल्पमा सोच्न नसकिने स्पष्ट जवाफ फर्काएका छन । साथसाथै शर्माले पुनर्निर्वाचनका लागि केसीले विज्ञप्ति निकालेर आए आफूले साथीहरुसँग छलफल गर्ने समेत बताएका छन ।

भेटमा मैले निर्वाचन त्रुटिपूर्ण रह्यो, पुनर्निर्वाचन भयो भने सोच्न सकिन्छ, यसको अरु विकल्प छैन भनेर स्पष्ट कुरा राखेको छु’, केसीसँगको भेटपछि शर्माले भने, ‘२० तारिखको सम्झौता कार्यान्वयन नहुँदा बाध्य भएर हामीले वैधानिक ढंगले कार्यक्रम गरेर मेरो नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेका छौँ ।

एनआरएनएको माया उहाँमा छ भने पुनर्निर्वाचनका लागि तयार हुनुपर्छ ।’ निर्वाचन परिणाममा धेरै त्रुटि भेटिएको र आम जनमानसमा पनि विश्वास टुटिसकेकेकाले एनआरएनएलाई पुरानै शाखमा फर्काउन पुनर्निर्वाचनको विकल्प नभएको उनको भनाइ छ ।

निर्वाचन प्रक्रियामा त्रुटि भएको कुरा केसीले पनि विज्ञप्तिमा स्वीकार गरिसकेको विषय रहेको शर्माको भनाइ थियो । आम जनताले पनि त्यही कुरा स्वीकारेको भन्दै शर्माले त्रुटिपूर्ण निर्वाचन भइसकेपछि अरु विकल्प सोच्न नसकिने दोहोर्याए ।

राजधानीको ठमेलस्थित हिमालयन जाभामा करिब ३० मिनेट लामो भेटका क्रममा केसीले मिलेर जाने प्रस्ताव गरेपनि अहिलेको अवस्थामा मुल मुद्दा सम्बोधन हुन नसकेकाले शर्माले स्वीकार गर्ने कुरा नभएको एनआरएनएका अन्य अभियन्ताहरुले बताए ।

शर्मासँग भेटका लागि केसी एक्लै ठमेल पुगेका थिए । यस्तै शर्मासँगै भने उनका चुनावी कमाण्डर समेत रहेका क्षेत्री पनि पुगेका थिए । भेटमा शर्माले चुनावमा अनियमितता भयो, त्यसलाई सच्याएर जानु भनेको पुनर्निर्वाचन हो भन्ने कुरा स्पष्ट पारेका छन ।

शर्माले भने हामीहरुबीचमा भेटघाटमात्रै हो कुनै समझदारी बन्न सकेको छैन हाम्रो बटमलाईन भनेको पुन स्वच्छ निर्वाचन नै हो । कात्तिक ३ गते (अक्टोबर २०) निर्वाचन परिणामको विषयमा प्रश्न उठेपछि केसीसहित कुल आचार्य र रविना थापाले एक विज्ञप्ति जारी अर्को निर्णय नभएसम्मका लागि निर्वाचन प्रक्रिया स्थगित भएको घोषणा गरेका थिए ।

निर्वाचनमा जोड घटाऊ भद्रगोल र उपाध्यक्षका उम्मेदवार डा केशव पौडेलको मत सुन्य बनाइएको थियो । तर ३ अध्यक्षको सहमती बिपरित केसीले त्यसको भोलिपल्टै एकाएक केसी विजयी भएको घोषणा गरेर अध्यक्षको शपथ गराएका थिए ।

सहमतिअनुसार १५ दिनभित्र निर्वाचनमा भएको भनिएको धाँधलीबारे छानबिन गर्ने र त्यसबारे आउने रिपोर्टका आधारमा अघि बढ्ने भनिएपनि केसीले एकाएक शपथ लिएपछि शर्मा र महेश श्रेष्ठ समूह चिढिएको थियो । लगत्तै अध्यक्षका अर्का उम्मेदवार महेश श्रेष्ठ समेतको समर्थनमा केसी इतर पक्षले महाधिवेशनको बाँकी प्रक्रिया पुरा गरेर आरके शर्मालाई अध्यक्ष चयन गरेको थियो ।

केसी अवैध बाटोबाट अध्यक्ष चुनिएको र आफूहरु नै आधिकारिक रहेको शर्मा पक्षधरले बताउँदै आएको छ । उक्त समुहले पररास्ट्र मन्त्रालय र नेपाल सरकारसँग छलफल गरेर उनिहरुको सहमतिमा नै उक्त निर्णय गरेको थियो ।

असोज ३ गते जारी विज्ञप्तिमा कात्तिक २ गते सम्पन्न निर्वाचनको अन्तिम परिणाम घोषणाको क्रममा देखा परेको प्राविधिक त्रुटिका कारण उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै निर्वाचनका सम्पूर्ण कार्यक्रमहरु अर्को निर्णय नभएसम्मका लागि ३ अध्यक्षको हस्ताक्षरसहित स्थगित गरिएको थियो । जसमा केसीको समेत हस्ताक्षर रहेको थियो ।

भेरो नामक अनलाइन भोटिङमार्फत भएको एनआरएनए निर्वाचनमा सिस्टम ह्याक गरेर मतपरिणाम तलमाथि बनाइएको असन्तुष्ट पक्षको दाबी छ । उक्त दावीलाई पुग्ने यथेस्ट प्रमाणहरु समेत रहँदा रहँदै पनि केसीले जबर्जस्ती गरेपछी अहीलेको स्थिती उत्पन्न भएको हो ।

अहीलेको सम्पुर्ण जिम्मेवारी केसीले लिनुपर्ने शर्मा , श्रेष्ठ समुह र एनआरएनए अभियन्ताहरुले बताउँदै आएका छन ।

Please follow and like us: