महेश कुमार श्रेष्ठ अध्यक्ष र महासचिवमा बुद्धिसागर सुवेद्धीद्धारा उम्मेदवारी दर्ता, एकता, परिवर्तन र परिणाममुखि काम गर्ने प्रतिबद्धता

नयाँ कुरा ,१६ अक्टोबर ,सोमबार , काठमाडौं,

गैर आवासीय नेपाली संघ एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको २०२३ २०२५ कार्यकालका लागि अध्यक्ष पदमा महेश कुमार श्रेष्ठ र महासचिव पदमा बुद्धि सागर सुबेदीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

वर्तमान कार्यसमितिका उपाध्यक्ष रहनुभएका एनआरएनए अभियन्ताद्धय श्रेष्ठ र सुबेदिले सोमबार बिहान बालुवाटार स्थित एनआरएनए कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो ।

११ औं महाधिवेशन सुरुवातको एकदिन मात्र बाँकी रहँदा उम्मेदवारी दर्ता गराएपछि प्रतिक्रिया दिनुहुँदै अध्यक्षका उम्मेदवार श्रेष्ठले एनआरएनए अभियानमा परिवर्तनको आभास दिलाउने गरि काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

एनआरएनए अभियानमा अभियान भित्रै र बाहिरबाट समेत अविश्वास रहेको बताउँदै श्रेष्ठले आफ्नो नेतृत्वमा अबको कार्यकालमा एनआरएनएप्रति जनविश्वासको वातावरण बनाउने दृढता व्यक्त गर्नुभयो । एनआरएनए अभियानलाई एकढिक्का बनाएर अघि बढाउन बिमति र असहमती राख्ने पक्षलाई एकैठाउँमा ल्याएर एकता गराउने प्रतिबद्धता अध्यक्ष उम्मेदवार महेश कुमार श्रेष्ठको छ ।

एनआरएनएलाई धेरै कुरा गर्ने काम नगर्ने भन्ने आरोप लाग्दै आएको स्विकार गर्दै एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको २०२३-२०२५ कार्यकालका अध्यक्षका प्रवल दावेदार महेश कुमार श्रेष्ठले अबको कार्यकालमा परिणाममुखि काम गरेर देखाउने कार्यकाल बन्ने बताउनुभयो ।

११ औं महाधिवेशनका लागि विश्वभरका एनआरएनए प्रतिनिधिहरु काठमाडौंमा भेला हुने क्रम जारी रहँदा नयाँ नेतृत्व चयनको लागि प्रतिनिधिहरुलाई महेश कुमार श्रेष्ठले अनुरोध गर्दै भन्नुभयो ‘यदि संघमा गैर आवासीय नेपाली संघलाई परिवर्तन गर्न चाहनुहुन्छ भने, यो संघलाई एकताबद्ध गर्न चाहनुहुन्छ भने यो संघमा परिणाममुखि काम गर्न चाहनुहुन्छ भने मेरो नेतृत्वलाई अवश्य विजयी गराउनुहुनेछ भन्ने विश्वास लिएको छु र अनुरोध पनि गर्न चाहन्छु ।’

श्रेष्ठले एनआरएनएमा एकता, वास्तविक परिवर्तन तथा परिणाममुखि काम गर्नको लागि आफु उम्मेदवार बनेको स्पष्ट पार्नुभयो । चुस्त, दुरुस्त र परिणाममुखि काम नै मेरो प्राथमिकता : सुवेदी सोमबार अध्यक्षका उम्मेदवार महेशकुमार श्रेष्ठसँगै महासचिवमा उम्मेदवारी दर्ता गराउनुभएका बुद्धिसागर सुवेदीले चुस्त, दुरुस्त र परिणाममुखि काम नै आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभएको छ ।

अध्यक्षका उम्मेदवार श्रेष्ठसँगै महासचिव पदमा उम्मेदवारी दर्तापछि पत्रकारहरुसँग कुरा गर्दै सुवेदीले भन्नुभयो ‘हामी सबैको संस्था हो भन्ने भावनामा जोड्न चाहन्छौं र यो संस्थालाई एकताको भावनाका साथ अघि बढ्न चाहन्छौं र हामीले सबैको भावना बुझेर भोलीको दिनमा काम गर्नेछौं’ महासचिवका दावेदार बुद्धिसागर सुवेदिले भन्नुभयो ‘महेश कुमार श्रेष्ठ सबैलाई मिलाएर लैजान सक्ने, मृदुभाषी र हिजोको दिनमा उहाँले गरेका कामको इतिहाँसलाई हेर्दा पनि अबको अध्यक्ष महेश कुमार श्रेष्ठ नै हुनुहुनेछ र उहाँको नेतृत्वमा हामी सबै बिजयी हुनेछौं भन्ने कुरामा म पूर्ण विश्वस्त छु ।’ गैर आवासीय नेपाली संघ एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको ११ औं महाधिवेशन तथा विश्व सम्मेलन अक्टोबर १७  सोमबारबाट काठमाडौंको सोल्टी होटलमा सुरु हुँदैछ । अक्टोबर २० तारिखसम्म चल्ने महाधिवेशनले आगामी दुई बर्षे (२०२३-२०२५) कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । विश्वभरका ४२ सय एनआरएनए प्रतिनिधिहरुले अनलाईन तथा महाधिवेशन स्थलमा भौतिक रुपमा मतदान गरि नयाँ नेतृत्व चयन गर्नेछन् ।

Please follow and like us: