आफ्नो नेतृत्वमा आइसीसी गठन हुने बित्तिकै गैरआवासीय नेपालीहरुलाई एकताबद्ध बनाउने छु : राजेन्द्र कुमार (आर.के.) शर्मा, अध्यक्षका प्रत्यासी

नयाँ कुरा १३,अक्टोबर ,शुक्रबार , काठामाडौं ,

गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसीसीका अध्यक्षका उम्मेदवार राजेन्द्र कुमार (आर.के.) शर्माले आफ्नो नेतृत्वमा आइसीसी गठन हुने बित्तिकै गैरआवासीय नेपालीहरुलाई एकताबद्ध बनाउने उद्घोष गर्नुभएको छ ।

संघको ११ औं महाधिवेशन तथा निर्वाचनमा अध्यक्षका प्रत्यासी रहनुभएका शर्माले अक्टोबर १३ तारिख शुक्रबार राजधानी काठमाडौंमा आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा बोल्दै सो कुराको उद्घोष गर्नुभएको हो ।

मेरो कार्यकालमा फुटेको होईन, जुटेको एनआरएनए बन्नेछ, उनले पत्रकार सम्मेलनमा भन्नुभयो, “यो मेरो पहिलो प्रतिबद्धता हो ।” उहाँले थप जोड दिंदै भन्नुभयो, “हाम्रो कार्यकाल जम्मा २४ महिनाको हुन्छ । २४ महिनाका लागि २४ कार्यक्रमको खाका बनाएको छु ।

त्यतिमात्र होइन, प्रत्येक ३ महिनामा प्रगति विवरण तयार गर्ने लक्ष्य पनि राखेको छु ।” उहाँले वैदेशिक रोजगारलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन आठ बुँदे कार्य योजना समेत जारी गर्नुभएको छ । सीप विकास गर्ने, भाषा र कानुनी समस्यामा परेका श्रमिकहरुलाई निशुल्क कानुनी सेवाको व्यवस्था मिलाउने, वैदेशिक रोजगारका सम्भावना बोकेका थप देशहरुसँग श्रम सम्झौता गर्ने, श्रमिकहरुको संख्या बढी भएका देशहरुको एनसीसीमा नै श्रम डेस्क राख्ने र वैदेशिक रोजगारीमा जाँदा ख्याल गर्नुपर्ने विषयमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने लगायतका योजनाहरु शर्माले सुनाउनु भयो ।

उहाँले प्रवासमा रहेका श्रमिकहरुको आर्थिक स्थिति सुधार्न समेत पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले वैदेशिक रोजगारीमा रहेकाहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुन अभिप्रेरित गर्ने र वैदेशिक रोजगारीमा गएका श्रमिकका लागि आइपीओको आरक्षण कोटा बढाएर श्रमिकको सहभागिता बढाउने बताउनुभयो । उहाँले विप्रेषणको सही सदुपयोग गर्दै विप्रेषण (रेमिट्यान्स) लाई उत्पादनमुलक उद्यम व्यवसायमा लगाउन पहल गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “विप्रेषणको १० प्रतिशत रकम बचत गर्न लगाइ उत्पादनमूलक उद्यममा लगानी गर्ने व्यवस्था मिलाइ कामदारको भविष्य सुरक्षित गर्ने र देश विकासमा योगदान गर्ने व्यवस्था मिलाउन पहल गरिनेछ ।”

‘गैर आवाशीय नेपाली कामदार भविष्य सुरक्षा प्राधिकरण’ गठन गर्ने उद्घोष गर्दै शर्माले श्रमिक कामदारहरुको हकहितका लागि नै आफ्नो कार्यकाल बढी व्यतित गर्ने बताउनुभयो । नेपालको आर्थिक विकासमा टेवा पुराउन लगानी प्रबद्र्धन गर्ने र व्यापार घाटा कम गर्नका लागि नेपाली वस्तुहरुको निर्यात बढाउने शर्माले योजना सुनाउनुभयो ।

Please follow and like us: