नेदर्ल्याण्डका प्रधानमन्त्री मार्क रुट्ट कोरोना माहामरिका लागि आर्थिक सहयोग सन्कल स्थल मा उपस्थिति भैइ एक्येबद्धता

 

नयाँ कुरा, मै २० ,आम्स्ट्रडम,

नेदर्ल्याण्डका प्रधानमन्त्री मार्क रुट्टको नेपाली टोपी हातमा समाएर नेपाललाई सहयोग गर्ने प्रतिबद्धता नेपाल लागयत अन्य बिकासोन्मुख राष्ट्रहरुमा कोरोना भाईरसको महामारीलाई रोकथाम गर्न नेदर्ल्याण्डले राष्ट्रिय स्तरको चन्दा संकलन अभियान थालनी गरेको छ ।

नेदर्ल्याण्डमा स्थापित एघार वटा वैदेशिक सहयोग संस्था (Foreign Aid Organizations) हरुको सहकार्यमा संचालित अभियानको संयोजकत्व GIRO ५५५ नामक संस्थाले गरेको छ । GIRO ५५५ ले २०१५ सालको बिनासकारी भुकम्प पश्च्यात पनि राष्ट्रिय स्तरको चन्दा संकलन अभियान गरि नेपालको लागि दुई करोड युरो भन्दा बढि जम्मा गर्न सफल भएको थियो ।

No description available.

कोविड-१९ चन्दा संकलन अभियानलाई पनि नेदर्ल्याण्ड सरकारको पूर्ण समर्थन रहेको प्रधानमन्त्री मार्क रुट्टले बताउनु भयो । कार्यक्रममा उपस्थित ब्यापार तथा सहयोग मन्त्री सिग्रिड काख (Sigrid Kaag) ले नेदर्ल्याण्ड सरकारको तर्फबाट नेपाललाई पूर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । त्यस्तै गरि लेवर पार्टी कि नेत्री लिलिआन प्लुमन (Lilianne Ploumen) र सोसिअलिस्ट पार्टी कि नेत्री लिलिअन मराइनिस (Lilianne Marijnissen) ले पनि नेपाललाई सहयोग गर्न आफ्नो तर्फबाट सक्दो पहल गर्ने मन्तव्य ब्याक्त गरेका थिए ।

उपस्थित अन्य संसदहरुले पनि कोविड १९ अन्तरराष्ट्रिय समस्या भएकाले बिकासोन्मुख मुलुकहरुको समस्यालाई नजिकबाट नियालेर हेरि रहेको र छिट्टै समाधान खोजिनु पर्ने कुरामा जोड दिएका थिए । नेपाल लागायत अन्य मुलुकहरुलाई पनि खोप, भेन्टिलेटर र अन्य स्वास्थ सामाग्रीहरु छिट्टै उपलब्ध गराउन युरोपियन युनिएन र सयुक्त राष्ट्रसंघमा समेत लबी गर्नु पर्ने आवश्यकता महसुस गर्दै समाधानको लागि कदम चाल्ने प्रसँगमा बिशेष छलफल भएको थियो ।

No description available.

नेपाली समुदाय र गैरआवासिय नेपाली संघ नेदर्ल्याण्डको प्रतिनिधित्व गर्दै संघका संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक शशी पौड्याल र महासचिव संघर्षशिल के.सी. ले हाल नेपालको गम्भिर परिस्थितीलाई सामना गर्न नेपाल एक्लै ले नसक्ने हुँदा नेदर्ल्याण्ड सरकारको सहयोग अपरिहार्य भएको प्रकाश पार्नु भएको थियो । संघका सस्थापक अध्यक्षले प्रधानमन्त्री, मन्त्री र राजनीतिकदलका नेताहरुसँग छुट्टाछुट्टै सम्वाद गर्दै दुई राष्ट्र बिचको ऐतिहासिक मैत्री सम्बन्धले पनि नेपाल संकटमा पर्दा नेदर्ल्याण्डले नेपाललाई कोल्टो नफेर्केको र सधैं हतेमालो गरेको झल्काउनु भयो । साथै यस विकराल अवस्थामा पनि नेदर्ल्याण्ड सरकारले नेपाललाई पूर्ण सहयोग गर्ने छ भन्ने अपेक्षा दर्साउनु भएको भयो ।

प्रधानमन्त्री मर्क रुट्ट (Mark Rutte) ले नेपाली राष्ट्रिय पोशाक “टोपी’ दुई हातले समाउदै नेपाललाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । उक्त कार्यक्रममा मिडियाको पनि उपस्थिती भएकाले महासचिव र प्रमुक्ष संरक्षकले मिडिया र प्रेसलाई अन्तर्वाताहरु दिनु भएको थियो ।

GIRO ५५५ मा सहभागि संघसंस्थाहरुले राष्ट्रिय चन्दा संकलन अभियानबाट उठेको रकम मध्यबाट नेपाललाई बिशेष सहयोग गरि पीडित वर्गलाई खोप, भेन्टिलेटर वा अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराउने जानकारी गरेका थिए । कोविड-१९ चन्दा संकलन अभियान सफल बनाउन गैरआवासिय नेपाली संघ नेदर्ल्याण्ड र नेपाल बिकास प्रतिष्ठानले पनि सहकार्य गरेका छन भने नेदर्ल्याण्ड स्थित १०० भन्दा बढि नेपाललाई सहयोग गर्ने डच संस्थाहरुको पनि GIRO ५५५ लाई समर्थन छ ।

Please follow and like us: